एनआरएन इन्फास्ट्रक्चरको आइपिओ खुल्ला, कतिको भर्दा उत्तम ?

काठमाडौं – एनआरएनहरुको लगानी रहेको एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आइपिओ आजदेखि खुल्दैछ । देशका विभिन्न जिल्लाहरुमा बन्दै गरेको हाइड्रो पावरहरुको छाता संस्था एनआरएन इन्फास्ट्रक्चरले सर्वसाधरणका लागि आजबाट साधारण शेयर जारी गर्दैछ ।
कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्काशन गरेको छ । जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख ६९ हजार ९ सय २ कित्ता सामुहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात् ६७ हजार ९ सय ६१ कित्ता कर्मचारीहरुको लागि छुट्याइएको छ । बाँकि रहेको ३१ लाख ६० हजार १ सय ८३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीमा १० कित्तादेखि निश्किासित सबै शेयर खरिद गर्नपनि सकिने छ । यो कम्पनीका बारेमा धेरैले नकरात्मक टिप्पणी गरपछि आइपिओ भर्ने कि नभर्ने भन्नेमा अन्यवल छाएको छ । प्राय आइपिओमा जनताको आक्रषण देखिने भएपनि यो पटक त्यति उत्साह छैन ।
तरपछि आइपिओमा सामान्य लगानी गर्दा खासै फरक पर्दैन भन्नेको पङ्ती पनि ठूलो छ । लगानी त गर्ने तर कति ? भन्नेमा पनि धेरै अन्यवल छन । सकेसम्म यो कम्पनीका ५० कित्ता किन्दा राम्रै हुने विश्लेषण गरिएको छ ।