लघुवित्तप्रति राष्ट्र बैंकले तेर्सायो औँला

काठमाडौं -नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामाथि औँल्या तेर्साउँदै सच्चिन भनेको छ । लुघुवित्तहरुको संस्था लघुवित्त बैंकर्स संघको एक कार्यक्रममा बोलाइएका बैंकका अधिकारीहरुले संस्थाप्रति नै औँला ठड्याउँदै वित्तीय सुशासनतर्फ सचेत पनि गराए ।
राष्ट्र बैंकका डेपुडी गभर्नर तथा विभिन्न शाखा उपशाखा हेर्ने कार्यकारी निर्देशकहरुले वित्तीय संस्थाले ग्रामिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दागर्दै पनि नाफा कमाउने ध्यानमा लाग्दा जोखिम बढ्दै गएको औँल्याएका छन् । बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले नक्कली ऋणी बढ्दै गएकाले हस्तक्षप गर्नुपर्ने अबस्था आएको बताइन् ।