दोहोरो अंक घटेको सेयर बजारमा

काठमाडौं – साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंक घट्दा पनि ५ कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ । यस दिन १४.६८ अंकले परिसूचक नेप्से घटेर २१६८ अंकमा कायम भएको छ । ३ अर्ब १ करोड रुपैयाँको कारोबार भयो ।

४८ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ४ को स्थिर रहृयो । होटल र जीवन बीमाबाहेकका सबै उपसमूह घटेका छन् । होटल ६ र जीवन बीमा ३७ अंक बढे । बैंकिङ ७, विकास बैंक ६१, फाइनान्स ३७, जलविद्युत् ८, उत्पादन १३, माइक्रोफाइनान्स ४१ निर्जीवन बीमा ८, अन्य २० र ब्यापार उपसमूह २५ अंक घटे ।

५ कम्पनीहरु लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । सयपत्री हाइड्रोको मूल्य ९.८ प्रतिशत बढ्यो । समृद्धि फाइनान्स र सिभिल लघुवित्तको मूल्य ६ प्रतिशत घट्यो ।