बजेटको अर्धवार्षिक समीक्षा माघ अन्तिम साता

काठमाडौं -आर्थिक वर्ष २०७९र८० को बजेटको अर्धवार्षिक समीक्षा माघको अन्तिम साता गरिने भएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको हो। अर्धवार्षिक समीक्षा गर्न मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रितेश शाक्यको नेतृत्वमा समिति बनाएको छ। समितिले तयार पारेको प्रगतिअनुसार पुस मसान्तसम्मको बजेट समीक्षा गरिने छ।
समितिमा नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रक कार्यालय, सार्वजनकि ऋण व्यवस्थापन कार्यालयका एकरएक जना प्रतिनिधि, अर्थ मन्त्रालयका सबै सहसचिव र बजेट महाशाखाका सबै उपसचिव सदस्य छन्।
नयाँ सरकार गठनसँगै पूर्वअर्थमन्त्री एवं अर्थविद्ले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पूरक बजेट ल्याउन सुझाव दिएका थिए।