आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं – सुनको मूल्य बढ्ने क्रम अझै रोकिएको छैन । आज सुन तोलाको ९९ हजार पुगेर कारोबार भइरहेको छ ।
बुधबार ९८ हजार ५ सयमा कारोबार भएको सुन विहिबार (आज) ५ सयले बढेर ९९ हजार पुगेको हो । त्यस्तै चाँदी पनि आज १ सय ७५ रुपैयाँले बढेको छ ।
आज चाँकी १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सिुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।