प्रभु बैंकको सीईओमा पुनः अशोक शेरचन नियुक्त

काठमाडौं -अशोक शेरचन पुनः प्रभु बैंकको प्रमुख कर्याकारी अधिकृत( सीईओ) नियुक्त भएका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा पुनः नियुक्त गरेको हो ।

माघ २०७५मा सीईओमा नियुक्त भएका उनी सेञ्चुरी बैंकसँग मर्जर लगत्तै सीईओमा तेहेरिएका हुन् । १८ माघदेखि उनले ४ वर्षीय तेस्रो कार्यकालय सुरु गर्नेछन् ।एउटा बैंकमा २ कार्यकालभन्दा बढी सीईओ हुन नपाउने व्यवस्था भएपनि मर्जरमा गएका बैंकका लागि यो नियममा छुट पाउँछन् ।