नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौं _धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज (बिहीबार) झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार एक सय ८३ दशमलब २१ मा सीमित भएको छ ।
आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १० अङ्कले ओरालो लागेर चार सय १३ दशमलव १४ मा झरेको छ ।