रिभर्स रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं_ नेपाल राष्ट्र बैंकले आज माघ १२ गते ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ।
केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गर्न लागेको हो। बैकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने गर्छ। यसले तरलतामा तीव्र सुधार हुँदै गएको संकेत गर्छ।

तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको हो। जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय माघ १९ गतेलाई तोकिएको छ।