सुपर मादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं_सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज माघ १२ गते अन्तिम दिन रहेको छ।
कम्पनीले गत माघ ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटलले बताएको छ।
कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँमध्ये १०० अंकित दरका कुल २१ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्रा बिक्री गरिसकेको छ। त्यसमध्ये ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने छन्।