बैंक मर्जरले सेवाग्राहीमा अनावश्यक सास्ती, बैंक धाउँदैमा हैरान

काठमाडौं _ समय बैंकहरु धमाधम मर्जरमा जाँदा वाणिज्य बैंकको संख्या घट्न पुगेको छ । केही समयअघिसम्म ३२ वटा रहेको वाणिज्य बैंकहरुको संख्या मर्जरसँगै घटेर अहिले २२ मा झरिसकेको छ । गत पुसमा मात्र ८ वटा वाणिज्य बैंकहरु एकआपसमा मर्जर भएर ४ वटा बनेका छन् । कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक ९एनसीसी०, ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाडौं(बीओके), प्रभु बैंक, सेञ्चुरी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक मर्जरमा गएका हुन् ।

उसो त यसअघि नै मर्जरमा गएका नेपाल बंगलादेश बैंक र नबिल बैंकले गत असार २७ गतेदेखि नै एकीकृत कारोबार सुरु गरिसकेका छन् । चालु आर्थिक वर्षमा मात्र ८ वटा वाणिज्य बैंकहरुलाई मर्जर गराएर ४ मा झार्नु राष्ट्र बैंकको उपलब्धी नै मान्नुपर्छ ।  ।