सबैको लघुवित्तको लाभांश घोषणा

काठमाडौं _सबैको लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९५ प्रतिशत नगद लाभांश गरि कुल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी २७ करोड रहेको छ ।