आवश्यक परे तीनवटै सरकारी बैंकहरु मर्जरमा जान तयार हुनुपर्छ : गभर्नर

 

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले सरकारी स्वामित्वका बैंकहरु पनि मर्जरमा जान तयार हुनुपर्ने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले भने राष्ट्र बैंकको पछिल्लो मर्जर नीतिले बैंकहरुको पुँजी निर्माण ठुलो काम गरेको छ । यसले बैंकहरुको संख्या मात्र घटाएको छैन, समग्र वित्तीय क्षेत्रकै सुशासन र क्षमता वृद्धिमा उल्लेखनीय काम गरेको छ ।