दोस्रो दिन पनि बढ्यो सेयर बजार

काठमाडौं _सेयर बजार लगातार दोस्रो दिन बढेको छ । बुधबार १०.३७ अंकले बढेको बजार २१८.३६२ विन्दुमा पुगेर रोकिएको हो । मंगलबार समेत बजार बढेको थियो ।
मंगलबारको तुलनामा बुधबार कारोबार रकम समेत केही बढेको छ । बुधबार २६१ धितोपत्रको ५४ हजार ३७७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ ।