उपत्यकामा आगामी ३० वर्ष धान्ने विद्युत प्रणाली बनाइँदै

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले तारकेश्वरमा सबस्टेसन निर्माण गर्न जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना निकालेर सबस्टेसनको सिमांकनमा पर्ने जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको जनाएको छ। सूचनामा ३० दिनभित्र सरोकारवाला व्यक्तिहरुलाइ घर, टहरा भए सोको समेत मुआब्जा दाबीसहित रीतपूर्वक निवेदन दिन आग्रह गरिएको छ।
तोकिएको म्यादभित्र निवेदन नदिइ म्याद गुजारेमा पछि कुनै उजुरी नलाग्ने उल्लेख छ। तारकेश्वर(३ तथा ५ ९साविक जीतपुरफेदी(५ ‘च’ तथा गोलढुंगा(३ ‘च’) मा २२०/१३२/६६/११ केभी क्षमताको सबस्टेसन निर्माण गर्न लागिएको हो।