खुद ब्याज आम्दानी घट्दा मिथिला लघुवित्तको नाफामा धक्का

काठमाडौं _खुद ब्याज आम्दानी घट्दा मिथिला लघुवित्त वित्तीय संस्थाको नाफामा धक्का लागेको छ।
लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार लघुवित्तको आम्दानीको प्रमुख मेरुदण्ड खुद ब्याज आम्दानीमा कमी आउँदा खुद नाफा घटेको हो।
लघुवित्तले चालु वर्षको पुस मसान्तसम्म २ करोड १७ लाख खुद नाफा आर्जन गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको समीक्षा अवधिभर ३ करोड ४६ लाख बढी नाफा कमाएको थियो। जुन चालु आर्थिक वर्षको तुलनामा ३७।२५ प्रतिशतले बढी हो।