सुनको मूल्यमा नयाँ रेकर्ड तोलाको कति होला

काठमाडौं _ स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सोमबार प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मङ्गलबार एकै दिन तोलामा एक हजार रुपियाँ बढेर एक लाख छ हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यो अहिलेसम्मकै उच्च हो। यसअघि २५ फागुन २०७८ मा सुनको मूल्य बढेर प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसपछि क्रमिक रूपमा मूल्य घटेर गत भदौमा ९१ हजार दुई सय रुपैयाँमा झरेको थियो। गत मङ्सिरदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि स्थानीय बजारमा समेत मूल्य बढ्दै गएको हो।
महासङ्घका पूर्वअध्यक्ष एवं सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताका कारण सुनको मूल्य लगातार बढ्दै गएको बताए। “अन्य मुद्राको तुलनामा डलर कमजोर हुँदा सुनको मूल्य बढ्दै गएको छ,”