स्वाबलम्बन लघुवित्तको २२औं वाषिर्कोत्सव

काठमाडौं_ स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२ औं वाषिर्कोत्सव काठमाडौंमा सम्पन्न भएको छ ।

समारोहको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रुपमा सदस्यलाई सेवा पुर्‍याएको भन्दै शुभकामना व्यक्त गरिन् ।

लघुवित्तले सदस्य तथा विपन्न परिवारको आर्थिक सामाजिक अवस्थालाई सुधार गरेका प्रसस्त उदाहरण हुँदा हुँदै पनि हाल लघुवित्त सम्बन्धमा देखिएका गैरकानूनी र नीति विपरितका गतिविधिले समस्याको समाधान नहुने र सदस्यलाई अझै अप्ठ्यारोमा पारेको उनले बताइन् ।

समारोहमा सांसद तथा लघुवित्त अभियन्ता लिलानाथ श्रेष्ठले गरिवी न्यूनीकरणमा लघुवित्तको प्रभावकारी भूमिका रहेको बताए ।