बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं_ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन्।
विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोस सहितको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन्।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा विश्व बैंकबाट बजेटरी सहायता प्राप्त हुने गरी विनियोजन भइ प्राप्तिका लागि आवश्यक पूर्व कार्यहरु पुरा गर्न अर्थमन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।
विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरुमा देखिएका समस्याहरुको कारण पहिचान गरी समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री पौडेलले कमजोरी र गुनासा नआओस् भन्नेतर्फ आफूले ध्यान दिएको बताए।