कृति भेन्चर फण्डले आईपिओ निष्काशन गर्ने

काठमाडौं _कृति भेन्चर फण्ड लिमिटेडले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने भएको छ । प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने प्रस्ताव सहित कम्पनीले ,माघ २२ गते विशेष साधारणसभा आह्वान गरेको छ ।

यस कम्पनीले ६.८२ मेगावाटको अपर स्याङगे हाइड्रोपावर लिमिटेड, ६.८२ मेगावाटको हिडीखोला हाइड्रोपवर लिमिटेड, ५.२ मेगावाटको दोभान खोला हाइड्रोपावर लिमिटेड र क्लिन सिटी भेईकल सर्भिस कम्पनीमा शेयर लगानी गरेको छ ।