यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं_ नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२९ रूपैयाँ ५० पैसा र बिक्री दर १३० रूपैयाँ १० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २६ पैसा र बिक्री दर १४० रूपैयाँ ९१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८२ पैसा र बिक्री दर १६० रूपैयाँ५६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५ रूपैयाँ ८६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।