कर्जा लगानी बढाएसँगै निफ्राको भाग्य चम्मकियो

काठमाडौं _ कर्जा विस्तार हुँदा नेपाल इन्फ्रास्ट्रचर बैंकको खुद ब्याज आम्दानीसँगै नाफा पनि बढेको छ । बैंकले चालु आर्थिक वर्ष (आव)  २०७९र८० को दोस्रो त्रैमाससम्म ७६ करोड ६१ लाख ६० हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

गत आव २०७८र७९ को दोस्रो त्रैमाससम्म बैंकले ४४ करोड २६ लाख ४८ हजार मुनाफा आर्जन गरेको थियो । पुसमा बैंकले नेपाल राष्ट्र बैंकले तोकेको नियमकीय व्यवस्था गरेपछिको नाफा भने ६० करोड ४१ लाख ८ हजार रुपैयाँ रहेबको छ ।