चर्को आलोचना सहनै नसकेपछि एनआइसी एशिया बैंकले निकाल्यो यस्तो आइडिया

काठमाडौं_ चर्को आलोचनापछि एनआइसी एशिया बैंक लिमिटेडले ब्याजदर परिमार्जन गरेको छ । बैंकले माघ महिनाको लागि ब्याजदर सार्वजनिक गर्दा चर्को आलोचना आएपछि ब्याजदर परिर्वतन गरेको हो ।

बैंकले व्यक्तिगत मुद्दतीअन्तर्गतको खाताहरुको ब्याजदर घटाएको हो । एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ मुद्दती खाताको ब्याजदर ११ प्रतिशत कायम गरेको छ ।यसअघि बैंकले सार्वजनिक गरेको व्याजदरअनुसार बैंकले उक्त खातामा ११.४२ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।