साल्ट ट्रेडिङले फेरि बेच्न थाल्यो चिनी केजी यति रुपैयाँ

काठमाडौं_ साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेडले फेरि चिनी बेच्न थालेको छ । आयातित चिनीको स्टक सकिएपछि कम्पनीले गत भदौ देखि बिक्री गरेको थिएन।

यतिबेला भने कम्पनीले स्थानीय बजारबाट चिनी खरिद गरी बिक्री थालेको साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेडका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए। करिब २ महिनादेखि आन्तरिक बजारबाटै कम परिमाणमा खरिद गरेर बिक्री गरिरहेको उनले जानकारी दिए।