काठमाडौं महानगरले पुससम्म उठायो साढे ४ अर्बको भन्दा बढी राजस्व

काठमाडौं _महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०७९.८० को पुस मसान्तसम्म ४३ प्रतिशत भन्दा धेरै राजस्व संकलनगरेको छ । महानगरले चालु आवको पुस मसान्तसम्म ४३ दशमलव ८२ प्रतिशत राजस्व संकलन गरेको हो ।

महानगरले चालु आवको लागि कुल १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजश्व लक्ष्य राखेको छ । जसमध्ये पुस मसान्तसम्म ४ अर्ब ५६ करोड ६२ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन गरेको महानगरका राजश्व विभाग प्रमुख डा। शिवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार महानगरले सबै भन्दा धेरै राजस्व मनोरञ्जन करबाट उठाएको छ । महानगरले मनोरञ्जन करबाट १८१\६५ प्रतिशत कर उठाएको छ ।