२० मेगावाटको तल्लो बलेफीखोला निर्माण रिडी पावरले ७७ लाख कित्ता जारी गर्ने

काठमाडौं _ रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले बोनस सेयर वितरण पश्चात कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ताको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो।

कम्पनीले आफ्नो लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफीखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपुँजी व्यवस्थापन गर्न १ बराबर १.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।