ट्रेजरी बिल्सको ब्याजदर यसरी घट्यो

काठमाडौं_ मंगलवार ट्रेजरी बिल्सको ब्याजदर घटेको छ ।
नेपाल राष्ट्र बैंकले बोलकबोल गरेको ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेकोमा १० दशमलव ५८ प्रतिशत ब्याजदर कायम भएको छ ।
९१ दिन अवधिको ट्रेजरी बिल्समा यो हालसम्मकै न्यून ब्याजदर हो । यसअघि जारी भएको ९१ दिने ट्रेजरीमा १० दशमलव ६० प्रतिशत ब्याजदर कायम भएको थियो । बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर घटिरहेको छ ।
गत बिहीवारसम्ममा बैंक, वित्तीय संस्थाको निक्षेप ५३ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा १२ अर्ब निक्षेप वृद्धि हुँदा कर्जा प्रवाह पनि ६ अर्ब वृद्धि भई ४७ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।
साभार (आर्थिक अभियान दैनिकबाट)