माया खोला हाइड्रोपावरको आईपीओ माघदेखि निष्कासन

काठमाडौं _ माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १३ माघदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)  बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि जारी गरिसकेको छ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता सेयर कम्पनीले निष्कासन गरिसकेको छ ।