पेट्रोलियम पदार्थको मूल्य यथावत

 

काठमाडौ _ ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट माघ २ प्राप्त नयाँ खरिद मूल्यसूची बमोजिम पेट्रोलमा केही बढेर र डिजेल तथा हवाई इन्धनमा केही घटेर आएको भएतापनि नेपाल आयल निगमले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता तथा नेपाल सरकारद्वारा उपलब्ध गराईएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतिपूर्ण अवस्था रहेको बताउँदै निगमले मूल्य समायोजन नगरेको हो ।

हाल निगमलाई एलपी ग्यासमा प्रति सिलिण्डर ३५.५० रुपैयाँ घाटा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि निगम सञ्चित नोक्सानीमा सञ्चालन हुँदै आइरहेको निगमको भनाई छ ।