अजोड र युनाइटेड मर्जरलाई बीमा प्राधिकरणको सैद्धान्तिक सहमति

काठमाडौं_ गत साता मर्जरमा गएका अजोड र युनाइटेड इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट सैद्धान्तिक सहमति प्राप्त गरेका छन्। अजोड र युनाइटेडबीच मर्जरका लागि गत पुस २६ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
अजोड र युनाइटेड इन्स्योरेन्सबीच स्वाप रेसियो १००:९० को अनुपातमा मर्जर सहमति भएको हो। कम्पनीले मर्जरपछि अजोड युनाइटेड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने तय भएको छ।