महिन्द्राको इभी ‘एक्सयुभी ४००’ सार्वजनिक, फुल चार्जमा माइलेज ४५६ किलोमिटरको

काठमाडौं _सवारी निर्माता भारतीय कम्पनी महिन्द्राले एसयुभीमा आफ्नो सफल मोडल एक्सयुभीलाई विद्युतीय संस्करणमा ल्याएको छ। एसयुभीको नयाँ मोडल ‘एक्सयुभी ४०० इभी’ सोमबार भारतमा सार्वजनिक गरेको हो।

यो गाडीमा दुई ३४.५ किलोवाट र ३९.४ किलोवाट क्षमताको ब्याट्री छ, जसले एक पटकको फुल चार्जमा ४५६ किलोमिटरको रेन्ज प्रदान गर्ने जनाइएको छ। यसमा भएको ब्याट्री फास्ट चार्जरबाट चार्ज गर्न ५० मिनेटको समय लाग्नेछ। यस्तै एसी चार्जरबाट चार्ज गर्न साढे ६ घन्टा लाग्ने छ।

यसको मूल्य भारतमा भारु १५ लाख ९९ हजारदेखि टप भेरियन्ट १८ लाख ९९ हजारसम्म तोकिएको छ। यो सुरुवाती मूल्य पहिलो ५ हजार युनिट खरिद गर्नेका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।

 

यसको डेलिभरी भने मार्चबाट सुरु हुने तालिका छ। भारतमा डेलिभरी सुरु भएपछि यो गाडी नेपाली बजारमा पनि आउने छ।

एक्सयुभी(४०० बजारमा टाटा नेक्सन र एमजी जेडएस इभीको प्रतिष्पर्धी हुने मानिएको छ।