अजोड इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ मूल्य कति ?

काठमाडौं – अजोड इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको छ। सोमबार कम्पनीको एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर भोलीदेखि कारोबार खुल्नेछ। कम्पनीले कारोबार संकेत एआईएल पाएको छ । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्युनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ ओपनिङ्ग रेन्ज तोकिएको छ ।

कम्पनीले असार २५ गते बिहिबार देखि जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो। बाँकी रहको २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको थियो।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुगेको छ । त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा कायम भएको छ ।