इन्फिनिटीले २० प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौ _ इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई उक्त बोनस सेयर वितरण गर्ने भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४१ करोड ४५ लाख १३ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड २९ लाख २ हजार रुपैयाँको बोनस सेयर वितरण गर्ने छ । कम्पनीले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेकाले आयकर ऐन २०५८ बमोजिम बोनस सेयर वितरण गर्दा कर छुट हुने छ ।