मूल्य घटाएसँगै २० प्रतिशतले घट्यो टेस्लाको सेयर

काठमाडौ_ बिक्री नभएको भन्दै टेस्लाले युरोप र अमेरिकामा मूल्य घटाएसँगै सेयर मूल्यमा ४ प्रतिशतसम्म गिरावट आएको छ । समाचार संस्था सीएनएनका अनुसार कम्पनीले २० प्रतिशतसम्म मूल्य घटाएसँगै सेयर मूल्य समेत प्रभावित बनेको हो ।
पछिल्लो समय बिक्री नभएको भन्दै कम्पनीले विश्वभर मूल्य घटाइरहेको छ । अघिल्लो साता चीनसहित एसियाली मुलुकमा मूल्य घटाएको टेस्लाले हालसालै युरोप र अमेरिकी बजारमा मूल्य घटाएको छ । यसले सिधारुपमा कम्पनीको सेयर मूल्य प्रभावित बनेको बताइएको छ ।
टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले मन्दीको जोखिम र बढ्दो ब्याजदरलाई चूनौती दिनका लागि कारको मूल्य घटाउन आवश्यक छ । उनले कम्पनीको नाफा कटाएर पनि बिक्री बढाउनुपर्ने भएकाले मूल्य घटाइरहेको जानकारी दिए ।