५ अर्ब २० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भोलि मंगलबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो । यसअघि आज बोलकबोल गरिने भनिएको थियो । तर आज शोक बिदा परेको हुनाले अब भोलि बोलकबोल गरिनेछ ।

बैंकले ९१ दिनको अवधिको लागि ५ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०८० साल वैशाख ५ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल भोलि ९माघ ३ गते, मंगलबार० दिउँसो २ बजे बोलकबोल भएर पर्सी माघ ४ गते, बुधबार बिक्री हुनेछ ।

ट्रेजरी बिल भनेको के हो  ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।