भारतबाट डिजलको मूल्य ३.७३ रुपैयाँ घटेर आउँदा पेट्रोल भने २.५१ रुपैयाँले बढेर आयो

काठमाडौं भारतबाट डिजलको मूल्य घटेर आएको छ। हरेक १५ दिनमा इन्डियन आयाल कर्पोरेसन ९आइओसी० ले नेपाल आयाल निगमलाई पठाउने गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य अनुसार डिजल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसाले घटेर आएको निगमले जनाएको छ।
यसैगरी निगमका अनुसार पेट्रोलको मूल्य भने केही बढेर आएको छ। पेट्रोल लिटरमा २ रुपैयाँ ५१ पैसाले बढेर आएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ७९ डलरमा बिक्री भइरहेको छ। यस्तै नेपालमा आयात हुने ब्रेन्ट क्रुडको प्रतिलिटर मूल्य ८४ डलर हाराहारीमा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा घटबढ भइरहेको पेट्रोलियम पदार्थको मूल्यका कारण नेपालमा भारतबाट आउने नयाँ मूल्य पनि घटबढ भएर आएको हो।