प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै

काठमाडौं _प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन् । आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
दुरंघटनाबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जान लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड दुर्घटनास्थलको निरीक्षण र आवश्यक निर्देशन दिन पोखरा जान लागेका हुन् ।
प्रधानमन्त्रीसँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र अर्का उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ पनि पोखरा जानेछन् ।