#SadNew: 😭😭 पाकिस्तानको संसदद्वारा विमान दुर्घटनाप्रति गरे दुःख व्यक्त

काठमाडौं _पाकिस्तानको राष्ट्रिय संसदले काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान दुर्घटनामा दुःख व्यक्त गरेको छ ।

पाकिस्तानको राष्ट्रिसभा संसदका सभामुख राजा पर्वेज असरफ र उपसभामुख जाहिद अक्रम दुर्रानीले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

 

विमान दुर्घटनाबाट दर्जनौँ मानिसको ज्यान गएको खबरबाट हामी दुःखी छौँ । यो दुःखको घडीमा पाकिस्तान, नेपाल सरकार र आम नागरिकसँग ऐक्यवद्धता जनाउँछ छ,’ पाकिस्तानको राष्ट्रिसभाको ट्वीटर ह्याण्डलमा दुख व्यक्त गरिएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।