#SadNew: 😭😭 दुर्घटनाग्रस्त विमानले मापदण्ड पूरा गरेरै उडान भरेको थियोः महाप्रबन्धक ठाकुर

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरा विमानस्थल नजिकै आइतबार बिहान दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानले मापदण्ड पूरा गरेरै उडान भरेको र मौसम पनि ठीक रहेको कुरा बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा स्थापना गरिएको रेस्क्यु कोअर्डिनेसन सेन्टरमा पुगेर अवस्थाको जानकारी लिएपछि महानिर्देशक ठाकुरले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।
एयरलाइन्स र एयरपोर्टले सम्पूर्ण मापदण्ड पूरा गरेर नै उडान भरेको ठाकुरले बताए । एयरपोर्टबाट नजिकैको दूरीमा दुर्घटना भएको पनि उनले जानकारी दिए ।दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानमा पाँच भारतीयसहित १५ विदेशी नागरिक थिए । त्यसमा ५३ नेपाली यात्रु रहेको पनि ठाकुरले बताए । विमानमा चार चालक दलका सदस्य थिए । सबै गरेर विमानमा ७२ यात्रु थिए ।
दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी रहेको छ । आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यतिको एटीआर ७२ विमान कास्कीको नयाँगाउँमा दुर्घटना भएको हो ।