आजदेखि घट्यो बैंक ब्याजदर

काठमाडौं _ आजदेखि लागू हुने गरेर बैंक ब्याजदर १.१३३ प्रतिशतले घटेको छ । तत्कालीन अवस्थामा कायम ब्याजदरलाई १०० प्रतिशत मान्दा यो ब्याजदर १० प्रतिशतले घटेको हो ।
नेपाल बैकर्स संघले माघ १ गतेदेखि लागू हुने गरेर मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । यससँगै, १२.१३३ प्रतिशत कायम ब्याजदर ११ प्रतिशत कायम भएको छ ।
लामो समयदेखि बढिरहेको ब्याजदर बैकर्स संघले घटाउने निर्णय गरेसँगै उद्योगी(व्यवसायी उत्साही देखिएका छन् । खासगरी, लामो समयदेखि व्यवसायीले ब्याजदर घटाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका थिए ।