स्वदेशमै रहेका नेपालीलाई विदेशमा लगानी गर्न राष्ट्र बैंकको रोक

काठमाडौं _ स्वदेशमै रहेका नेपालीलाई विदेशमा लगानी गर्न राष्ट्र बैंकले रोक लगाएको छ । राष्ट्रबैंक अन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।
विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा ९ ग ले राष्ट्र बैंकले तोकिएको व्यवस्था बमोजिमबाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको पनि सूचनामा स्मरण गराइएको छ ।