नेप्सेका शेयरधनीलाई प्रमाणपत्रको सट्टा डिम्याटमा शेयर दिइने

काठमाडौं _ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शेयरधनीहरुलाई शेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा शेयर दिने भएको छ । नेप्सेले नेप्सेका शेयर धनीहरुलाई नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर शेयरधनीलाई डिम्याटमा शेयर दिने तयारीमा रहेको बताएको छ
। शुक्रवार नेप्सेको ४१ औं वार्षिक साधरणसभामा बोल्दै सहायक प्रवन्धक निरञ्जन फुयाँलले पाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर शेयरधनीलाई डिम्याटमा शेयर दिने तयारीमा रहेको बताए ।
उनले अर्थ मन्त्रालयको पत्रको आधारमा धितोपत्र बोर्डले नेप्सेमा सूचिकृतको लागि स्वीकृति दिए छिटै शेयरधनीलाई डिम्याटमा शेयर दिने बताए । उनले नेप्सेको शेयरलाई नेप्सेका सूचीकृत गर्ने प्रक्रियामा प्रयास भइरहेको बताए ।