साल्ट ट्रेडिङ कर्पोरेसनले १५ प्रतिशत लाभांश दिने

काठमाडौं _ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
२८ पुस बिहीबार बिहान बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।
साल्ट ट्रेडिङले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश आागमी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।