मर्जरपछि प्रभुको ऋण दिने क्षमता ह्वात्तै बढ्यो

काठमाडौँ – मर्जरपछि प्रभुको ऋण दिने क्षमता ह्वात्तै बढेको छ । सेञ्चुरी कमर्सियल बैंकलाई प्रभुले आफूसंगै मर्ज गरेर एकीकृत कारोवार थालेपछी प्रभुको ऋण दिने क्षमता ह्वात्तै बढेको हो।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य एवं प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनले कर्मचारीलाई मिलेर काम गर्न आग्रह गरेका छन् ।
सेञ्चुरी कमर्सियल बैंकलाई गाभेर मंगलबारदेखि एकीकृत कारोबार थालेको उपलक्ष्यमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टचनले मर्जरपछि छुट्टिने छुट कसैलाई नहुने बताएका छन् ।
उनले सबैलाई मिलाएर लैजान प्रमुख कार्यकारीलाई आग्रह गरे। बैंकमा ३ हजार ५ सय ३८ कर्मचारी छन्। सबै मिलेर काम गरे कर्मचारीको बोनस बढ्ने उनको भनाइ छ ।
उनले ऋणीलाई सहयोग गर्न समेत आग्रह गर्दै ठूला ऋणीलाई एकल ग्राहकसीमा अन्तर्गत ७ अर्ब ऋण दिने क्षमता वृद्धि भएको उनले बताए।
प्रभु बैंकले बिग्रिएको संस्थाहरूलाई खरिद गरेर अगाडि बढेको सम्झिदै उनले आगामी दिनमा अझ राम्रो सेवा दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा प्रभु बैंकका सीइओ अशोक शेरचनले गुनासो नआउने गरी सेवा दिने बताए।