नेपाल स्टक एक्सचेञ्जले दुई लघुवित्तको गरिदियो शेयर कारोबार रोक्का

काठमाडौं –  नेपाल स्टक एक्सचेञ्जले महिला लघुवित्त वित्तीय संस्था र महुली लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको छ । यी दुवै लघुवित्तले गत आर्थिक वर्ष २०७८र७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा नपठाएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम दुवै संस्थाको शेयर कारोबार रोक्का गरेको जनाएको हो ।

नेप्सेले दुवै संस्थालाई के कति कारणले यस्तो भएको हो सोको कारण खुलाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न आग्रह गरेको छ ।

महिला लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, महुली लघुवित्तले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।