सुनको मूल्य निरन्तर उकालो लाग्दै कतिमा हुँदैछ कारोबार ?

काठमाडौं –  साताको कारोबारको दोस्रो दिन पनि सुनको सुनको मूल्य निरन्तर उकालो लागेको छ ।

आइतबार १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ६ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघले तेजावी सुन प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।