आत्मनिर्भर लघुवित्तलाई आइपीओ निष्कासन गर्न अनुमति

काठमाडौं –  नेपाल धितोपत्र बोर्डले आत्मनिर्भर लघुवित्तलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले आत्मनिर्भरलाई २ करोड ३ लाख ३८ रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति दिएको हो । यस्तै, कम्पनीले अब १०० रुपैयाँ दरको २ लाख ३ हजार ३८० कित्ता आइपीओ बिक्री खुला गर्नेछ ।

यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।