तीन कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ३ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । जसमध्ये २ वटा कम्पनीको बोनस शेयर र एउटा कम्पनीको साधारण शेयर सूचिकृत भएको हो ।

यस साता नेप्सेमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ लाख ४८ हजार ९ सय ८५ दशमलव १४ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको २० करोड कित्ता आइपिओ सूचिकृत भएको हो । नेप्सेले बैंकको पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । बैंकको आइपिओलाई शेयर कारोबार गर्नका संकेत प्रदान गरिएको छ ।

त्यसैगरी मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको १० लाख ४० हजार ५६ दशमलव ८७५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।