फेरी घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा सोेमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले घटेको हो । छापावाला सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आइतबार तोलामा ९० हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन तोलामा २०० रुपैयाले घटेको हो । ९० हजार १५० मा आइतबार कारोबार भएको तेजाबी सुन आज ८९ हजार ९५०मूल्य निर्धारण भएको छ ।
त्यस्तै चाँदी तोलामा पाँच रुपैँयाले बढेको छ । एक हजार ३१० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।