३ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट

काठमाडौं– आइतबार शेयर कारोबार सुरु भएको केही मिनेटमै ३ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । डिप्रोस लघुवित्त, गणपति माइक्रोफाइनान्स र स्वाभिमान लघुविक्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो ।

उक्त तीन कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । आज डिप्रोक्स लघुवित्तको शेयर मुल्य २०० अंकले बढेर २२०० पुगेको छ । गणपति माइक्रोफाइनान्सको १६५ रुपैयाँले बढेर १८१५ पुगेको छ । यसैगरि स्वाभिमान लघुवित्तको २८० अंकले बढेर ३ हजार ८० रुपैयाँ पुगेको छ ।