भाईरल सचिन परियारको ‘के छ हजुर’ बोलको गीत सार्वजनिक (भिडियो )

काठमाडौं – बाल गायक सचिन परियारको ‘के छ हजुर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सचिन परियार, बिक्रम क्षेत्री, र अस्मिता अधिकारीको आवाजमा रहेकोे ‘के छ हजुर’ बोलको गीत मेशना म्युजिकको युटुब च्यानलबाट देशभर सार्वजानिक गरिएको हो ।

नेत्र अर्यालको शब्द रहेको यो गितमा रोशन परियारले लय भरेका छन् ।

मेशना डिजिटले बजारमा ल्याएको यो गितको भिडियो निर्देशन काजिशको श्रेष्ठ रहेको छ भने उक्त गितलाई छायांकन राजेश घिमिरेले गरेका छन् ।

गितमा अहिलेका चर्चित कलाकार बसन्त ओली, तेजेन्द्र गौतम, किरण विक, अभिशेक बानिया,कृष्मा परियार लगाएतका थुप्रैको अभिनय
देख्न सकिन्छ ।
युटुबमा अपलोड गरेको केहि समयमानै दर्शक स्रोताले राम्रो प्रतिक्रिया दिएका छन्